गजल

मेरो जस्तो चोखो मायाँ, कहाँ अन्त पाउछौ कालि,
सत्य कुरा जान्दा जान्दै, फेरी अन्तै धाउछौ कालि ।

तिम्रो सफा मन्ले खोज्छ, आँखा खोल्दा मुहार मेरै,
मेरो मायाँ मन्मा पाल्दै, अर्को दिल छाउछौ कालि ।

हामी छुटे दोबाटोमा, एक्लो यात्रा मुस्किल हुन्छन्,
हुन्न भन्दै आत्मा छल्दै, किन गीत गाउछौ कालि ।

बाँच्न गाह्रो हुन्छ सुन्छु, आत्मा मिल्ने भएन भने,
सत्य माथि पर्दा हाल्दै, खुशी किन दाउछौ कालि ।

तिमी जति भाग्छौ भाग, दोबाटोमा मिलन हुन्छ,
यस्तै भन्छ मेरो मुटू, मायाँ बोकि आउछौ कालि ॥

रचनाकाल : २९ भदौ २०६७
दोहा कतार ।

0 comments

Post a Comment