नाँउ तारेको छु

आधी हुरी चल्दा मैले, दिलको गाँउ बारेको छु,
तिम्रै मिठो याद बोकि, मनको नाँउ तारेको छु ।

तिम्रैलागि खुला राख्छु, दिलकोबस्ति डुल्न आउ,
धेरै खुशी साँचेको छु, तिम्रै साथमा फुल्न पाँउ ।
पापी आँखा पर्ला भनि, रुपको भाउ झारेको छु,
तिम्रै मिठो याद बोकि, मनको नाँउ तारेको छु ।

सधै चोखो मायाँ फुल्ने, धरतीकै प्यारो गाँउ छ,
यो दिलको मझेरीमा, तिम्रैलागि खाली ठाँउ छ ।
तिम्रैलागि आज मैले, प्रितको ठाँउ खारेको छु,
तिम्रै मिठो याद बोकि, मनको नाँउ तारेको छु ॥

रचनाकाल : १६ सेप्टेम्वर २०१०
दोहा, कतार ।

0 comments

Post a Comment