गजल

तिम्रै यादमा तड्पिने मन, सकेजति तोडे हुन्छ,
काम नलाग्ने थोत्रो बनाई, लुटिलुटि छोडे हुन्छ ।

किन मलाई लुटेयौ भन्दै, तिम्रो नाम लिने छैन,
केही मनमा डर नराखी, मन्कोबाँध फोडे हुन्छ ।

मेरो दिलमा ममता अब, पलाउन्न एटम् खस्यो,
तिम्रो सपना फुलाउनु छ, अर्कै दिल गोडे हुन्छ ।

विश्वासघाती यो संसारमा, बाँच्ने चाहा छैन अब,
विनाकारण पाईला मोडि, कतै नाता जोडे हुन्छ ॥

रचनाकाल : ३० भदौ २०६७
दोहा कतार ।

0 comments

Post a Comment