गेडी

किन लाग्छ बजाउ, ताली एक हातले,
मेरो खुशी लुटेछ, यो अधेरी रातले ।
तालीले,
किन माया सार्‍यौ जालीले ।
*************************
उस्कै बनि सारथी, हाँकु लाग्छ जीवन,
उस्कै साथ जीउन, साँचु लाग्छ यौवन ।
मायाँले,
डर लाग्छ आफ्नै छाँयाले ।
*************************
धर्ती फाटे फाटोस, हाम्ले मायाँ लाउदा,
लोक निन्दा सहन्छु, तिम्रो साथ पाँउदा ।
धरती,
तागत हो मायाँ पिरती ।
*************************
नेपाली भै जन्मिए, खुशी लाग्छ मलाई
मरु म यै देशमा, शान्ति शान्ति फुलाई ।
हुदैछ,
देश दुख्दा मन रुदैछ ।
*************************
भिजेकोछ परेली, प्रियसीको यादमा,
दुखेकोछ कलेजी, पर्देशीको रातमा ।
धुनुछ,
घर सम्झि एक्लै रुनुछ ।
*************************
धोका दियौ तिमीले, सोझो देखि मलाई,
खुशी किन्न सकेनौ, मेरो मुटू जलाई ।
दिएर,
पाप जान्न आँसु पिएर ।
*************************
गलबन्दी काँधैमा, ढाका टोपी शिरमा,
जन्मे हुर्के पाखैमा, फुलिदिन्छु भिरमा ।
गाँसेर,
जलेपनि बस्छु हाँसेर ।
*************************
जूनतारा छुन्छु म, तिम्रो साथ पाउदा,
तिमी बन्नु सारथी, मेला पात धाउदा ।
मर्नुछ,
यो सपना पुरा गर्नुछ ।
*************************
चौबन्दीमा खुलेकी, पहाडकी छोरीले,
मन छैन बसमा, के गरि खै गोरीले ।
मायालु,
सोल्टिनी त कति दयालु ।
*************************
के छ तिम्रो मनमा, थाहा छैन मलाई,
बसेको छु सोल्टिनी, तिम्रै मायाँ फलाई ।
मन हो,
चोखो मायाँ ठूलो धन हो ।
*************************
घात गर्‍यौ तिमीले, चोट बस्यो निशानी,
विलौनामै बित्छ है, हिजो आज विहानी ।
घातले,
छुरा धस्यो तिम्रो हातले ।
*************************
उकालीमा पर्खनु, चौतारीमा बसौला,
गाली गरे घरमा, रावा खोला पसौला ।
बार्नु छ,
हाम्रो मायाँ रावा तार्नु छ ।

0 comments

Post a Comment