गजल

पीडाभरि जलि बस्छौ, कहाँ खुशी मीत हुन्छ,
हार्दा पनि नथाके पो, यहाँ तिम्रो जीत हुन्छ ।

कहाँ फुल्छन् खुशीहरु, शंकै शंका रोप्छौ भने,
शंका पाल्दा बर्षे झरी, शिसिरको शीत हुन्छ ।

विश्वासमा डुबि हेर, थाहा हुन्छ माया के हो ?
समाजको नक्सा फेर्ने, त्यहि मायाँ रीत हुन्छ ।

मरी जाने जिन्दगीमा, बाँच्नलाई मीठो बोल्नु,
सुर भित्र बोल्न सक्दा, बोली पनि गीत हुन्छ ।

मर्दा लाने केहि छैनन्, छल्न खोज्नु बेकार हो,
लोक हित गर् यौ भने, तिम्रो हाम्रो हित हुन्छ ॥

रचनाकाल : २१ भदौ २०६७
दोहा, कतार ।

0 comments

Post a Comment