पापी मनले खाली
एक हातले ताली, किन बजाउ लाग्छ,
पापी मनले खाली, किन उस्लाई माग्छ ।
उस्को हरेक बानी, मलाई राम्रो लाग्छ,
उ बिनाको जीवन, किन बेकार लाग्छ ।
उस्को दिलमा बस्ने, लाएक छैन था'छ,
पापी मनले खाली, किन उस्लाई माग्छ ।
उस्कै सारथी बनि, जीवन हाँकु लाग्छ,
उस्कै साथ जीउने, सपना साँचु लाग्छ ।
उस्को साथ पाउने, कर्म होईन था'छ,
पापी मनले खाली, किन उस्लाई माग्छ ।।
रचनाकाल २५ अगस्त २०१०
दोहा कतार ।
0 comments