गजल
ठाँउछैन जस्को दिलमा, त्यहाँ बस्नु भूल हो,
छट्पटिदै उस्को यादमा, आँसु खस्नु भूल हो ।
अरु होला उस्को सपना, अन्तै होला संसार,
होइन मै बस्छु साथमा, भनि कस्नु भूल हो ।
उस्को जीवन उस्कै खुशी, राखेपनि जस्लाई,
आँखा भरि राख्नु सजाई, भन्दै पस्नु भूल हो ।
कति कति होला सपना, सोच्नुपर्छ तैले यो,
तोड बाचा मेरै खातिर, भनि डस्नु भूल हो ।
जोड्नलाई भूमी आकाश, क्षितिज तँ होईन,
जोड्छु भन्दै बल गरेर, फेरि फस्नु भूल हो ॥
रचनाकाल : १५ भदौ २०६७
दोहा कतार ।
छट्पटिदै उस्को यादमा, आँसु खस्नु भूल हो ।
अरु होला उस्को सपना, अन्तै होला संसार,
होइन मै बस्छु साथमा, भनि कस्नु भूल हो ।
उस्को जीवन उस्कै खुशी, राखेपनि जस्लाई,
आँखा भरि राख्नु सजाई, भन्दै पस्नु भूल हो ।
कति कति होला सपना, सोच्नुपर्छ तैले यो,
तोड बाचा मेरै खातिर, भनि डस्नु भूल हो ।
जोड्नलाई भूमी आकाश, क्षितिज तँ होईन,
जोड्छु भन्दै बल गरेर, फेरि फस्नु भूल हो ॥
रचनाकाल : १५ भदौ २०६७
दोहा कतार ।


0 comments