गजल

निरास दिलमा खुशी, भर्न बाँकी छ
बन्जर छातीमा प्रित, छर्न बाँकी छ ।

मर्दाको मलामी मात्र, बनि बसे म,
समाज हितमा काम, गर्न बाँकी छ ।

सबैको प्यारले गर्दा, बिग्री सके नि,
दुःखको सागर मैले, तर्न बाँकी छ ।

अरुको आशमा बस्ने, बानि परे है,
पाखुरी बलमा अब, चर्न बाँकी छ ।

कसरी पाइला टेकौ, मेलो मेसो खै,
गरुको हातमा अझै, पर्न बाँकी छ ।

शिखर चुमेर बस्न, साथ खाँचो भो,
त्यसैले कालीको मन, हर्न बाँकी छ ॥

रचनाकाल : १४ भदौ २०६७
दोहा कतार ।

0 comments

Post a Comment