गजल
खुशी फाट्यो जता ततै, टाले जिन्दगीलाई,
भोली खुशी मिल्छ भन्दै, पाले जिन्दगीलाई ।
यति सम्म घात गर् यो, औशी नाच्ने रातले,
कालो रात काट्छु भन्दै, बाले जिन्दगीलाई ।
लाखौ पल्ट आत्मा दुख्यो, घातै घातमापरि,
सारा पीडा फाल्छु भन्दै, गाले जिन्दगीलाई ।
डाहा पाल्छन् जोरी पारी, मैले शिखर चढे,
बस्ति अन्तै सार्छु भन्दै, ढाले जिन्दगीलाई ।
थाम्दा थाम्दै होसै गुम्यो, त्यसै पागल भए,
आफै प्राण मास्छु भन्दै, फाले जिन्दगीलाई ॥
रचनाकाल : २५ साउन २०६७

दोहा कतार ।
0 comments