गजल
शक्ति देउ हे प्रभु, देशलाई केही गर्न सकु,
बल मागे देशले, जोगाउन माटो मर्न सकु ।
लेक बेशी पहाड, समतल देख्ने आँखा मेरै,
रंग भेद उखाल्दै, समुन्नत वीज छर्न सकु ।
यहि मेरो हातले, रंग्याउन पाँउ मेरै माटो,
मैले बस्ने धर्तीमा, इन्द्रेणीको रंग भर्न सकु ।
मन भित्र स्वार्थले, नपाउनु रति डेरा हाल्न,
रुप फेर्न माटोको, मनभित्र आफू हर्न सकु ।
मेरो ईच्छा एउटै, भगवान्ले पुरा गर्नै पर्छ,
देश बने पछि म, धर्तीबाट छुटि झर्न सकु ॥
रचनाकाल : १२ भदौ २०६७
दोहा कतार ।

0 comments