गजल

चोखोनाता तोडेर मन, सारेर भूल गर् यौ,
मेरैलागि सुम्पेको दिल, बारेर भूल गर् यौ ।

दिन्छु सधै अटुट साथ, भन्नेकै दिल तोडि,
आफ्नो मुटू सागर पारी, तारेर भूल गर् यौ ।

तर्न खोज्नु दुईटा नाउ, गतल थियो मति,
सप्पै तन जालिको हात, पारेर भूल गर् यौ ।

मेरै दिल विशाल थियो, शितल पनि बस्न,
घुमन्तेको दिलमा ठाँउ, खारेर भूल गर् यौ ।

ठुलै भाग पाउछु ठानी, तोडेर गयौ नाता,
फेरी मेरै यादमा आँसु, झारेर भूल गर् यौ ॥

रचनाकाल : १४ भदौ २०६७
दोहा, कतार ।

0 comments

Post a Comment