यो ज्यानलाई मायाँ

बाटो भूलेको यात्री भए, यता जाँउकि उता,
यो ज्यानलाई मायाँ गर्ने, मुटू पाँउला कता ।


न्यानो साथको खोजि गर्दै, भौतारिन्छ यो मन,
नयाँ आशको रंग भर्दै, फुल्न खोज्छ जीवन ।
भमरा भै मलाई लुट्ने, नजर छौ कि यता,
यो ज्यानलाई मायाँ गर्ने, मुटू पाँउला कता ।


कहाँ होला स्वर्णिम बस्ति, मनले चाहे जस्तो,
कस्ले देला अटुट साथ, मनले खोजे जस्तो ।
मेरो सपना पुरा गर्ने, देउता छौ कि यता,
यो ज्यानलाई मायाँ गर्ने मुटू पाँउला कता ।।

रचनाकाल १८ अगस्त २०१०
दोहा कतार ।

0 comments

Post a Comment