गजल
आज मलाई एकान्तमा, नशा पिउकि लाग्यो,
फेरि सपना फकाउदै, आशा सिउकि लाग्यो ।
कहि स्वर्णिम बस्ति बिच, सारि मनको डेरा,
नयाँ यादमा यहि जूनी, फेरि जिउकि लाग्यो ।
दुई दिनको जिन्दगीमा, कति धाउछन् लुट्न,
आठे मुस्कान लुटाउदै, आफै खिउकि लाग्यो ।
चुम्यो पाईला शिखरमा, जल्ने भएछन् सयौ,
सोच्दै बेकार जलाउनु, झरि दिउकि लाग्यो ।
जुन ताराको समाजमा, हुन्न आरिसे भन्छन्,
त्यहि देशमा मैले अब, जन्म लिउकि लाग्यो ॥
रचनाकाल : ०९ भदौ २०६७
दोहा, कतार ।
फेरि सपना फकाउदै, आशा सिउकि लाग्यो ।
कहि स्वर्णिम बस्ति बिच, सारि मनको डेरा,
नयाँ यादमा यहि जूनी, फेरि जिउकि लाग्यो ।
दुई दिनको जिन्दगीमा, कति धाउछन् लुट्न,
आठे मुस्कान लुटाउदै, आफै खिउकि लाग्यो ।
चुम्यो पाईला शिखरमा, जल्ने भएछन् सयौ,
सोच्दै बेकार जलाउनु, झरि दिउकि लाग्यो ।
जुन ताराको समाजमा, हुन्न आरिसे भन्छन्,
त्यहि देशमा मैले अब, जन्म लिउकि लाग्यो ॥
रचनाकाल : ०९ भदौ २०६७
दोहा, कतार ।


0 comments