मेरा मन
आफ्नै जीवनका भोगाई सँग
मन विस्थापित हुन खोज्दा
कल्पना र यथार्थको दुरी
दुई किनार भएर बग्दा
एक्लै टोलाउछु म एकान्तमा
कल्पनाको माधुर्य जीवन खोज्दै ।
जीवन भोगाईको तीतो यथार्थ
मेरो कल्पनामा मेल नखादा
मन मस्तिष्क गलेर आउछ ।
खडेरीको काकाकुल झै
हराएका मेरो खुशीको खोजिमा
सपनाका विस्कुन लगाउदै
रहरहरुका ठुलो भारी बोकेर
अन्त्यहिन यात्राका लागि
भौतारिदै छन् यी पाईलाहरु ।
कल्पना र मनको द्धन्दले
कहिले हराउछ कहिले जिताउछ
जितेको पल
हर्षोउल्लासका मादकताले
मनभरि सुनौलो सपना कोर्छ ।
फेरी म उत्साहित हुन्छु
नयाँ आशा जोशका साथ
जूनताराको देश मेरो मृगतृष्णा
मैले सुनेको छु
जूनताराको देशमा त
अमन चयन छ रे
त्यसैले त मेरा मन
उड्न खोज्छ जूनतारा छुन ।
रचनाकाल १० जून २०१०
दोहा कतार ।
0 comments