हिजो सम्झि
जूनी जूनी साथ दिने बाचा भूल्यौ तिम्ले
हिजो सम्झि रुनु पर्ने रोग पाँए मैले ।
तिमी माथि भर परि खुशी त्यतै सारे
सोझो माथि घात गर्यौ जित्ने वाजी हारे
मायाँ गर्ने मान्छे माथि झेल गर्यो तिम्ले
हिजो सम्झि रुनु पर्ने रोग पाँए मैले ।
साथ दिने वाचा गर्यौ आज एक्लो पार्यौ
जल्छ छाती दुख्छ मुटू किन यस्तो गर्यौ
हाँस्न खोज्ने ओठ भरि पीडा भर्यौ तिम्ले
हिजो सम्झि रुनु पर्ने रोग पाँए मैले ॥
रचनाकाल १५ जून २०१०
दोहा कतार ।
0 comments