व्वाँसाहरु हो
भोलिको निम्ती मैले
मरुभुमिको खडेरीमा
रहरहरु विस्कुन लगाउदै
सपनाहरुको निर्मम हत्या गरे ।
मरुभूमिमा पोखेको पसिनाले
मेरो धरती भिजोस
अनि उर्वरा शक्ति बढोस
यस्तै थिए मेरा चाहाना ।
तर
मेरो पसिना त
व्वाँसाहरुको मुखमा परेछ
मेरो विश्वासमाथि परेड खेल्दै
आफ्नो सपना फुलाएसोझोपनको फाईदा उठाई
मलाई लुट्न सम्म लुटे ।
तर
याद गर
मलाई लुट्ने व्वाँसाहरु हो
मरुभुमीमा मैले बगाएका
थोपा थोपा पसिनाको
अवस्य मोल चुकाउनु पर्छ ।
हिजोका दिनहरुमा
मलाई लुट्न पाउदा
आनन्दित मनले नै
अब आउने दिनहरुमा
तिमीलाई धिक्कार्ने छ ।
अब तिमीहरुको दिन गए
मेरो पालो आएको छ
अब म हाँस्छुतिमीहरु हरेक पल रुनेछौ ।
अरुको भरमा उभिने मान्छे
अवश्य लड्छ भन्ने कुरा
तिमीहरुले सोच्न सकेको भए
म लुटिनबाट बच्ने थिए
तिमीहरुको महानतालाई मैले
जीवनको अन्तिम पल सम्म
सलाम दिने थिए
मेरो मन मन्दिरमा सधैतिमीहरुको पुजा हुने थियो ।
रचनाकाल १२ जून २०१०
दोहा कतार ।
0 comments