वाध्यतामा चालिएका पाईलाहरु

वाध्यतामा चालिएका पाईलाहरु
गन्तव्यमा नपुग्दै
अनायसै थाक्दा रहेछन्
तर पनि
बाँच्नको लागि मान्छेले
लक्ष्य विनाको यात्रा
गर्नै पर्ने रहेछ
आफ्नै मन छल्दै
कसैको विझाउने साथमा
भोलिको यात्रा
नाप्नै पर्ने रहेछ

यस्तो हुदाँ
जीवन नमिठो भै दुख्छ
तर पनि
मर्न सकिन्न सकिन्न
किन कि
मृतु हाम्रो हातमा छैन
त्यसैले त यहाँ
जीउदो लाश भएर
बाँच्नु पर्ने रहेछ
हो बाँच्नु पर्ने रहेछ ।

रचनाकाल २७ मे २०१०
दोहा कतार


0 comments

Post a Comment