कविता- म

तिमीसँग बिताएका ती पल
याद बनि सताउदै छन्
त्यो पल मैले त
सारा संसार भुलेको थिए
हाम्रो संगम स्थल स्तुपा
अनि त्यो गोधुली साँझ
दुई मुटु एक धड्कन

मिलनको खुशीमा रमेको मन
मलाई लाग्यो त्यो पल
तिम्रो साथ पाँए भने
संसार नै म जित्छु
म त कति भाग्यमानी
अनि
मैले मान्ने मेरो प्रभुलाई
मन मनै धन्यवाद दिए
त्यही पल मन मनै

तिमीलाई मागेको थिए
मैले खोजेको सोचेको जस्तो
सहयात्री तिमी भित्र पाँए
तिमीले दिएको आत्मियता
अनि त्यो न्यानोपन
सायद मेरो जीवनमा
पहिलो र अन्तिम हुन्छ
भोलि
हाम्रो बाटो फरक भएपनि
तिम्रो मनमा म नरहेपनि
तिमी त मेरो मुटुभरि
अन्तिम पल सम्म रहन्छौ
किन कि
तिमी नै मेरो सपना
तिमी नै मेरो चाहना
तिमी नै आशा, भरोषा
तिमी नै अन्तिम लक्ष्य
त्यसैले म मात्र तिमीलाई
जुनी जुनी मायाँ गर्नेछु
मात्र तिमीलाई मायाँ गर्नेछु ।।

रचनाकाल २७ मे २०१०
दोहा कतार ।

0 comments

Post a Comment