मनका कुरा

मान्छेको जिन्दगी खै के जिन्दगी यहाँ नचाहेर पनि बाँच्नु पर्ने । सुखमा साथ दिने हजारौ हुन्छन् तर दुख्दा त एक्लै । बाँकि सबै भाग लगाउन मिल्ने तर किन पीडा बाँड्न नमिल्ने होला ? यदि पीडा बाँड्न मिल्ने अनि मनलाई छल्न मिल्ने भए साँच्चिकै मान्छेको जीवन कति सुन्दर हुने थियो होला ।
जीवन देखि थाकेको पल लाग्छ यो दुनियाँबाट धेरै टाढा भागु तर फेरि मनले भन्छ संघर्षको मैदान छाडेर भाग्नु त कायरता हो तसर्थ आज म जीउदो लास भएर बाँच्नु विवश छु । मेरो खुशीमा खै कस्को नजर लाग्यो त्यसैले आज म ओलिएकोछु फुल्ने चाहाना हुदाँ हुदैपनि । आखिर जे जसरी भएपनि जीउन त पर्ने रहेछ ।
जीवन यात्राको क्रममा जति सोचेर पाईला चालेता पनि किन किन जताततैबाट अपजसमात्र पाउछु खै किन यस्तो हुन्छ यो दुईदिनको जिन्दगीमा । मनमा पाप छैन तरपनि म किन कसैको आँखाको कसिङर बन्न बन्न पुगे । आफ्नो प्राण भन्दा प्यारो मान्छेको नजरबाट गिर्दाको पल सारै नमिठो हुने रहेछ । हुन त म बाट त्यस्तो नीच काम त भएको थिएन यो मलाई थाहा छ तर उस्को नजरमा म एउटा अपराधी बने । सत्य तथ्य जान्ने अवसरहरु हुदाँ हुदैपनि त्यसो नगरी मलाई दोष लगाउनु उस्को कमजोरी हो ।
हुनत आज कस्लाई पो फुर्सद छ र यथार्थ जान्ने यहि मानेमा म उस्लाई दोष दिन चाहान्न । हो मलाई उस्ले लगाएको आरोप प्रत्यारोपले मेरो जीवनको अन्तिम पल सम्मपनि पोलि रहनेछ । उस्ले भिराएको त्यो बिल्ला सम्झदै एक्लै जल्नु सिवाय म सँग अर्को विकल्प पनि त छैन त्यसैले म जलि रहनेछु मेरो जीवनको अन्तिम पल सम्म ।
सोचे जस्तो जीवन हुने भए सायद आज यो दुनियाँ स्वर्ग भन्दापनि सुन्दर हुन्थ्यो होला सबै मान्छेको जीवन सोचेको झै कहाँ हुन्छ र ? यही एउटा उपाए छ यो मन बुझाउने । जब सम्म यही कुराले यो मन बुझाउन सक्छु रोएरै भएपनि जीउने छु तर मन बुझाउन नसकेको दिन सायद मेरो जीवनको अन्तिम पल हुनेछ मलाई यस्तो लाग्छ बाँकि प्रभुको हातमा ।

0 comments

Post a Comment