तिमीसँगै मायाँ लाए
रुपै खोज्ने मनको भिडमा, मन खोज्ने तिमीपाँए,
विना स्वार्थ राखे मनमा, तिमीसँगै मायाँ लाए ।
अब हामी उड्नु पर्छ, चखेवाझै जोडी बनि,
न्यानो साथ दिनु पर्छ, सारथी भै जूनी-जूनी ।
लुट्न खोज्ने मनको भिडमा, दिन खोज्ने तिमीपाँए,
विना स्वार्थ राखे मनमा, तिमीसँगै मायाँ लाए ।
मायाँ फाटे सिउनु पर्छ, मनको धागो हाल्दै,
शिखर पुग्न चढ्नु पर्छ, ममताको दियो बाल्दै ।
छल गर्ने मनको भिडमा साँचो बोल्ने तिमीपाँए,
विना स्वार्थ राखे मनमा तिमीसँगै मायाँ लाए ॥
रचनाकाल : २६ जुलाई २०१०
दोहा कतार ।
0 comments