गजल
तिम्रो दिलमा बस्न पाए, रहर झूल्थे होला
सधै साथमा बाँच्न पाए, सपना फूल्थे होला
बढि भरोषा अरु भन्दा, मलाई लाग्छ तिम्रो
हात बाँधेर चल्न पाए, मुस्कान डुल्थे होला
तिमी छेउमा हुने बेला, नजिक हुन्न पीडा
यात्रा भरिनै तिमी पाए, साहस खुल्थे होला
मेरै भागमा खुशी जति, फसाउ भन्छ मन
खालि सिउँदो भर्न पाए, दुनियाँ भूल्थे होला ॥
रचनाकाल : २२ असार २०६७
सधै साथमा बाँच्न पाए, सपना फूल्थे होला
बढि भरोषा अरु भन्दा, मलाई लाग्छ तिम्रो
हात बाँधेर चल्न पाए, मुस्कान डुल्थे होला
तिमी छेउमा हुने बेला, नजिक हुन्न पीडा
यात्रा भरिनै तिमी पाए, साहस खुल्थे होला
मेरै भागमा खुशी जति, फसाउ भन्छ मन
खालि सिउँदो भर्न पाए, दुनियाँ भूल्थे होला ॥
रचनाकाल : २२ असार २०६७
दोहा कतार ।
0 comments