गजल
दुःख लाग्छ अचेल देशको, खबर सुन्दा साथी
खति भयो भन्छनि मनले, हिसाब गुन्दा साथी
सोच्या थिए मैले त, नेपाल सुन्दर बन्छ पक्का
सोच्नु रै छ बेकार, गलत सारथी चुन्दा साथी
कुरा कति मीठोथ्यो, देशको विकाश गर्छ लाग्यो
फाल्न पथ्र्यो त्योबेला, असल खराब तुन्दा साथी
हाना थाप अति भो, संग्राम चल्दैछ कुर्चि माथि
हामी अब जागौन, ठिकैहो यो जाल बुन्दा साथी
उठौ अब आ-आफै, देशको खातिर भाला बोकौ
पक्कै पाप लाग्दैन, नेताज्यू भालाले उन्दा साथी ॥
रचनाकाल : २१ साउन २०६७
दोहा कतार ।

0 comments