युद्धघोस गर्दैछ

मन र जीवनको अैचो पैचो नचल्दा
विस्थापित हुन पुगे जीवनसँग मन
खै ! किन हो कुन्नि हिजो आज
जीवन भोगाईसँग असन्तुस्ट छ मन
आफ्नै जीवनसँग रडाको मच्चाउछ
आँधि हुरीसँग मितेरी लगाउदै……।
आफ्नै घरमा भुइचालो ल्याउछु भन्छ
हो……! हजुर ! मेरो आफ्नै मन आज
जीवनको भोगाईसँग युद्धघोस गर्दैछ ।

हिजो जीवनसँगको सहयात्रामा…!
भए गरेका गल्तिहरुको भागिदार
जीवनमात्र हुनुपर्ने वकालत गर्दैछ ।
बन्जर जीवनका पाटोहरुमा……!
नयाँ आशा रोप्न खोज्यो जीवनले
तर खै मन किन मात्तिएर
जीवनसँग पाखुरी निमोठ्न व्यस्त
उफ ! हैरान छ मेरो जीवन आज
हो……! हजुर ! मेरो आफ्नै मन आज
जीवनको भोगाईसँग युद्धघोस गर्दैछ ।

सपनाको विस्कुन लगाउदै गर्दा
चाहानाको बाढी उराल्छ यो मन
हैसियत भन्दा धेरै ठुलो सपनाहरु
किन मनभरि सजाउछ यो मन ।
अभाबको दलदलमा फसेको छ जीवन
मन भने खुला आकाशमा उडौ भन्छ
मन र जीवनको तालमेल नहुँदा
विद्रोह गरि रहेछ जीवनसँग मन ।
मनका विद्रोही स्वर मत्थर बनाउन
कयौ पल्ट शकुनी चाल नचलेको हैन
तर मेरो मन पाण्डव बन्न सकेन
उल्टै पराजयको सगरमाथा थमाउदै
हो……! हजुर ! मेरो आफ्नै मन आज
जीवनको भोगाईसँग युद्धघोस गर्दैछ ॥

रचनाकाल १९ अगस्त २०१०

दोहा कतार ।

0 comments

Post a Comment