घात गर्यौ तिमीले
मेरो मनले आफ्नो मान्ने, तिमी थियौ एउटा,
घात गर्यौ तिमीले पनि, मुटू भयो चोइटा ।
चाहानाले यो मन पोल्दा, तिम्रो यादले बारे,
पराई मनले छिर्न खोज्दा, काँडे तारले बारे,
मेरो मनले मायाँ गर्ने, तिमी थियौ एउटा,
घात गर्यौ तिमीले पनि, मुटू भयो चोइटा ।
संसारले नै जित्छौ भन्दा, तिम्रै कारण हारे,
आफ्नै प्राणले लुट्यो सुन्दा, मुटू चोइटा पारे ।
तिम्रै साथमा बाँच्ने मर्ने, आश थियो एउटा,
घात गर्यौ तिमीले पनि, मुटू भयो चोइटा ।
रचनाकाल : ०४ अगस्त २०१०
दोहा, कतार ।
0 comments