गजल

खुशी फूल्दा मनैभरि, बसेर गयौ
मायाँ गर्ने बहानामा, डसेर गयौ

घाम पानी बराबरी, आँउछ यहाँ
घामै घाम हुन्न कतै, फसेर गयौ

ठुलो छनि ईज्जतनै, सम्पति भन्दा
स्वार्थ पाली नाकैकाटि, खसेर गयौ ।

साथ दिन्छु जूनिभरि, कसम भन्दै
मेरो खुशी पोल्टाभित्र, कसेर गयौ ।

भयौ अरे तिरस्कृत, सुन्दैछु यस्तै
किन तिमी सबैकोमा, पसेर गयौ ॥

रचनाकाल : ०४ साउन २०६७
दोहा कतार ।

0 comments

Post a Comment