गाढा भयो हाम्रो मायाँ
लिखु तरेर म आउला, रावा तरेर आउ तिमी,
गाढा भयो हाम्रो मायाँ, डाँडा काटि जाउ हामी ।
माबर काटी तराई झरी, उतै घरजम गरि बसौ,
यो समाजले कुरा काट्ला, सुनकोशी तरि बसौ ।
झिसमिसेमा म भागुला, भालेडाकमा आउ तिमी
गाढा भयो हाम्रो मायाँ, डाँडा काटि जाउ हामी ।
दुःखसुख जे जे आउछ, बाँडि चुडी सँगै जिउला,
यो जन्ममा मात्र होईन, सयौ जूनी सँगै जिउला ।
मेरो गाँउमा म छलौला, उता छल्दै आउ तिमी,गाढा भयो हाम्रो मायाँ, डाँडा काटि जाउ हामी ॥
रचनाकाल १२ अगस्त २०१०
दोहा कतार ।


0 comments