गजल

बुद्धको देशमा अब, रावण बन्दैछु म,
अधर्मी चुनेर पुर्न, खाडल खन्दैछु म ।

जालमा परेको पल, हजार मन दुखे,
नजर डुलाए अब, अधर्मी गन्दैछु म ।

दॆउन देउता बल, सखाप पारु पापी,
देउता भाकेर फेरि, गर्वले कन्दैछु म ।

लुकाउ कुकार्य सबै, पर्दाले छोप सके,
सकियो सुदिन पुरा, कसम भन्दैछु म ॥

रचनाकाल : २४ साउन २०६७
दोहा, कतार ।

0 comments

Post a Comment