आज धोका पायौ

रोकेकै हो तिम्लाई मैले, भीरमा जान खोज्दा,
आज धोका पायौ तिमीले, पराई साथ रोज्दा ।

राखेकै हो तिम्लाई मैले, दिल भित्र सजाई,
कस्को मायाँ अटल थियो, हेरे हुन्छ दजाई ।
सस्तो मायाँ देख्यौ तिमीले, मलाई भूल्न खोज्दा,
आज धोका पायौ तिमीले, पराई साथ रोज्दा ।

तिम्लाई मात्र मायाँ गर्ने, एउटै मुटू थियो,
त्यै मुटूलाई टुत्रा पार्ने, कस्तो पापी मनहो ।
तिम्रै भाग्य छल्यौ तिमीले, मलाई छल्न खोज्दा,
आज धोका पायौ तिमीले पराई साथ रोज्दा ।

रचनाकाल ०२ अगस्त २०१०
दोहा कतार ।

0 comments

Post a Comment