तिमी नजिक हुँदा

तिमी नजिक हुँदा, जिन्दगी प्यारो लाग्छ,
कतै ओझेल पर्दा, जिन्दगी बेकार लाग्छ ।

सक्दिन म तिमीबाट, टाढा रहेर बाँच्न,
तिम्रो साथ चाहिन्छ, दिल खोलेर हाँस्न ।
हजारौ भीड माझ, तिमी प्यारो लाग्छ,
कतै ओझेल पर्दा, जिन्दगी बेकार लाग्छ ।

सजाय मीठो सपना, तिम्रै साथमा जीउन,
तिमीले नै सक्छौ, फाटेको मनलाई सिउन ।
तिम्रो कोमल मनभरि, फूल्न मन लाग्छ,
कतै ओझेल पर्दा, जिन्दगी बेकार लाग्छ ।।

रचनाकाल १९ जून २०१०
दोहा, कतार ।

0 comments

Post a Comment