मेरो कलम
म
अनि
मेरो कलम
मेरो कलमले भन्छ
तँ दमन, शोषन लेख
स्वतन्त्रता कहिल्यै नलेख
तँ जातपात, भेदभाव लेख
तर समानता कहिल्यै नलेख
आईज अब तँ हत्या हिंसा लेख
शान्ति अमन चयन कहिल्यै नलेख
सक्छस् भने तँ रावणको चरित्र लेख
तँ गौतम बुव्दको सन्देश कहिल्यै नलेख ।
उ
भन्छ
किनकि
हिजो आज
तँ जन्मेको देशमा
स्वतन्त्रताको नाममा
दमन शोषण जीवितै छ
समानताको नारा घन्किन्छ
तर अझै पनि बस्ति बस्तिमा
मान्छे मान्छेबिच पानी बाराबार छ
रावणहरुको अर्को लंका हो यो तेरो देश
त्यसैले तँ बुव्द जन्मेको देश हो भनेर नलेख त्यसैले तँ बुव्द जन्मेको देश भनेर लेख्दै नलेख ।।
रचनाकाल : ०७ अगस्त २०१०
दोहा, कतार ।


0 comments