गजल
उमंगले मलाई चुम्दा, हाँस्न सक्दिन नानु
तिमीसँग अटुट नाता, गाँस्न सक्दिन नानु
बेवारिसे सपना बोक्दा, बस्यो रहर बाँझै
मरुभुमी जीवन टेकि, नाच्न सक्दिन नानु
टाम्सिएन घातको खाटा, मुटू मिचेर रुन्छु
धेरै दिन जीउने आश, साँच्न सक्दिन नानु
आफै थाके भोगाई देखि, आश नगर्नु मेरो
विजाउने अतित मैले, भाँच्न सक्दिन नानु
राख्याभए दिलमा तिम्ले, फ्याँकि देउहै अब
तिमीलाई जलाई फेरि, बाँच्न सक्दिन नानु ॥
रचनाकाल : २३ असार २०६७
दोहा, कतार ।
तिमीसँग अटुट नाता, गाँस्न सक्दिन नानु
बेवारिसे सपना बोक्दा, बस्यो रहर बाँझै
मरुभुमी जीवन टेकि, नाच्न सक्दिन नानु
टाम्सिएन घातको खाटा, मुटू मिचेर रुन्छु
धेरै दिन जीउने आश, साँच्न सक्दिन नानु
आफै थाके भोगाई देखि, आश नगर्नु मेरो
विजाउने अतित मैले, भाँच्न सक्दिन नानु
राख्याभए दिलमा तिम्ले, फ्याँकि देउहै अब
तिमीलाई जलाई फेरि, बाँच्न सक्दिन नानु ॥
रचनाकाल : २३ असार २०६७
दोहा, कतार ।
0 comments