मुक्तक

अनिदो नबितोस् कोहि कसैका रातहरु,
खुशी बोकेर झुल्किनु सबैका प्रभातहरु । 
यो भूगोल चाहन्छ सु(शान्ति फूलाउन,
हत्या हिंसा नगोडुन मनुवाका हातहरु ।। 


सदनमा सधैं असहमतिको खेल खेल्छौ कति ?
जनभावनामाथि कुठाराघात गर्दै पेल्छौ कति ?
निम्छर ठानी छिमेकीले बुद्ध मेरो भन्न थाले, 
सम्पदामा विदेशीका गिद्दे नजर झेल्छौ कति ?

हार पछि त जीतको पालो आउँछ जिन्दगीमा,
गन्तब्य भेट्छ जो खोज्दै धाउँछ जिन्दगीमा ।
सृष्टीकै अमूल्य उपहार हाम्रो यो चोला ठान्छ, 
जसले कर्तब्यसँग पिरती लाउँछ जिन्गदीमा ।

0 comments

Post a Comment