गजल
यो यात्रामा नबनिदेउ पोल्ने सिस्नु तिमी,
दिलमा राखी पूजा गर्छु मेरो विष्णु तिमी ।
भेट्न पाउने आशा गर्दै बस्छु किनारा भै,
घुम्दै फिर्दै दोभानमा आउहै मिस्नु तिमी ।
फूलि फल्ने चाहना छ मलाई यै धर्तीमा,
जिन्दगीमा घुन धुलाग्दा सारा पिस्नु तिमी ।
जन्मे यहाँ केही उधम गरौ भन्ने लाग्यो,
सुमार्गमा चढ्नु पर्दा बन्देउ लिस्नु तिमी ।।
०१ अगस्त २०१२
दोहा, कतार ।

0 comments