दोषी समय र म
मैले आज यस्तो मोडमा पुग्नु पर्छ भन्ने थाहा हुँदो हो त कसैलाई मन देखि माया गर्थिन होला । यो हालको जिम्मेवारी मै हुँ । यसमा कसैको पनि हात छैन । मैले गर्ने मायाले हद नाघेको हुनु पर्छ । सायद मेरो माया देखेर भगवानलाई पनि डाहा लागेको हुनु पर्छ । तब त यति धेरै मायाले पनि उस्को मन पगाल्न सकिन । यति बेला म हुनुमा ठुलो खेद लागेको छ । मेरा सपना र रहरहरु सँग औधी रीस उठेको छ । मेरा सपना र रहरहरु पनि खै कस्तो हो उ बाहेक अरुलाई राम्रो देख्दिन । न त म उसलाई पाउँन सक्छु । न त पाउँदिन भनेर मन मार्न सक्छु । जताबाट हेरे पनि सोचे पनि उ बिनाको जिन्दगी पानी बिनाको माछी झै हुने निश्चित छ । खै कसरी उस्ले मेरो मनमा डेरा जमाईन पत्तो छैन ।
इन्टरनेटको पहुँच सम्म पुग्नु–ले इन्टरनेटकै माध्यमबाट हामीले हाम्रो यात्रा शुरु गरेका थियौ । इन्टरनेटबाट दिनानु दिनको भलाकुसारीले हामी एक अर्का प्रति नजिकिदै गयौ । आ–आफ्नो रहर र सपनाको साटा साट गर्दा गर्दै थाहै नपाई हामीमा माया बसेको थियो । त्यति बेलाका हाम्रा सपनाहरु समानान्तर हुनुले पनि हुन सक्छ हाम्रो माया दिनानु दिन मौलाउन सफल रहेको थियो । वितेका ती पलहरुमा मेरो डियूटीका समय बाहेक हामी सँगै हुन्थ्यौ । मन मिले पछि कुरा पनि मिल्दो रहेछ जब एक अर्कामा कुरा मिल्छ तब घन्टौ वितेको पत्तो नहुँदो रहेछ । रमाईलो भोलीका परिकल्पना गर्दै, एक अर्कामा हराएउँदै जिन्दगीका धेरै अमूल्य पलहरु सुनौलो भोलिका बारे जुहारी खेलेरै बितायौ ।
सपनाको राजकुमारी पाउँदा खुशी नहुने यो संसारमा को होला र ? हो म पनि खुशी थिए । उनीसँग सहयात्रा गर्न पाउँदाको बेला आफूलाई आफैले स्वघोषित भाग्यमानी मान्थे । उनि मेरै मात्र हुने उनका कुराले मलाई केही गर्न हौस्याउथ्यो । म केही राम्रो गर्न लागि रहन्थे निरन्तर निरन्तर । आहा ! कति रमाईला थिए ती पलहरु । रहर, सपना अनि लक्ष्यहरु मेरै साथमा थिए । मेरै मनको कुरा सुन्थे । मैले जसो भन्यो त्यसै मान्थे । रहर, सपना र लक्ष्यसँग मन मिलेको समय जिन्दगी साँच्चिकै रंगिन हुँदो रहेछ । मेरो पनि ती दिनहरु पनि अतिनै रंगिन थिए ।
तर समय एकनासको नहुँदो रहेछ । समयले हामी विच कुटिल चाल चल्यो । एकदिन उनीले मसँगको सहयात्रालाई पूर्ण विराम दिनु पर्ने वाध्यता बताईन् । परिकल्पना सम्म नगरेको त्यो सत्य उनीले मुखारित गरिरहँदा म भनेँ एकाएक छाँगाबाट खस्न पुगेको थिएँ । मैले त्यो पल उनको अगाडी कति रोएँ, कराएँ, दुई हात जोडि बिम्ती बिसाएँ । तर मेरा ती प्रयासहरु फगत बनेर मेरो निरिह्यतामा म आफैलाई गिज्याई रहेका थिए । मेरा क्रन्दनहरुले उनीमाथि केहि प्रभाव पार्न सकेन किनकी उनको त्यो कदम उनलाई मेरो प्रसव भन्दा वैधानीक लागेको थियो । त्यो पलहरुका वर्णन यो भन्दा बढि गर्न सक्दिन । त्यो समयलाई सम्झेमात्र पनि मेरो मुटूले गति लिन थाल्छ ।
त्यो सत्यलाई मैले नचाहेर पनि स्विकार्नै पर्ने वाध्यता मेरो अगाडी उभिएको थियो । नस्विकार्नु पनि कसरी उनीमा म प्रतिको सोचाई र हेराईले नै परिवर्तन गरेको अवस्था थियो । एक हातले ताली बज्ने भए या यस्को उजुरी र सुनुवाई कुनै निकायमा हुने भए म आफ्नो अडानलाई कायम राख्ने थिएँ । त्यतिन्जेल सम्म म उनी बिनाको जिन्दगी पनि जिन्दगी हो भनेर मान्न नसक्ने मोडमा पुगि सकेको थिएँ । ऐ संसारका प्रेमिल मनहरु यो मोडमा कसैलाई पनि नछाड्नु है । त्यो मोड सम्म पु¥याएर छाड्नु भन्दा बरु गला शेरी दिनु ता कि उस्ले मात्र एक पल्ट मर्न परोस् । पटक पटक मर्नु साह्रै गाह्रो हुँदो रहेछ ।
आए आँप गए झटारो सम्झेर उनीसँग पिरती गाँसेको भए सायद उनीलाई म सजिलै भूल्न सक्थे होला । उनीसँग रहेको जवानी, सुन्दरता, क्षमता र सम्पतिसँग प्रेम गरेको हुँदो हो त आज सम्म उनी भन्दा धेरै टाढा पुगि सक्थे होला । शरिर प्राप्त नहुने भएपछि पछि लागिरहनु कुनै औचित्य थिएन । उनीसँग सागर भन्दा गहिरो गंगा जल भन्दा पवित्र र आकाश भन्दा फराकिलो छाती बनाएर चोखो माया गरे अनि पो त म उनीले तिरस्कार गरेता पनि म भने कहिले पनि उनी भन्दा पर जान सकिन सक्दिन पनि ।
जिन्दगीका कुनै मोडहरुमा उनीले बोलेका सयौं झूटलाई मैले सत्य माने । सयौं झूटहरु सँगै एकाध सत्य बोलेकी रहिछिन् तर त्यो सत्यलाई मैले झूट भनेर बुझेँ । मेरो बुझाई र उनको अभिनय कलाकारीताको नतिजा हुन मैले आज भोग्ने जिन्दगी । यसो भनि रहँदा उनीलाई लाग्ला मेरो दोष देखायो भन्ने । यो कदापी होईन । दोषी मै हुँ अनि यो समय हो । कजोरी मेरै हो । किनकी खुट्टा भए जुत्ता कति कति भन्ने सिद्धान्तलाई मैले अंगाल्न सकिन । त्यसो भन्नु पाप ठान्ने मेरो मनकै कारण हो उनी प्रतिको एकोहो माया, झुकाव र लगाव । मलाई थाहा छ मैले जतिनै रोई कराई गर’ेनि उनी मेरी कदापी हुँदिनन् । तर पनि उनी मेरी हुँदै होईनन् भनेर म उनीलाई भूल्न सक्दिन । भूलौ पनि कसरी ? उनी त मेरो नशा नशामा तरंगित भएकी छिन् । मेरो हरेक धड्कन र श्वासमा उनी छिन् । मैले निर्माण गरेको सपनाका स्वर्णिम महलका प्रत्येक ईँटाहरुमा छिन् केवल उनीमात्र छिन् ।

0 comments