तीन मुक्तक

माया एउटा भ्रमैमात्र होकि जस्तो लाग्न थाल्यो,
यो मुटूले किन हो कुन्नि गुप्तवास माग्न थाल्यो ।
बिगबिगीछ स्वार्थी मनकै विश्वासगर्नु भूल होकि,
मनको बाघले खान्छ र पो आशाहरु भाग्न थाल्यो ।।१।।

तिमी ओझेल प¥यौ भने खुशीले नि पानी बार्छ,
भक्कानिन्छ मुटू पनि नयनले नि आँसु झार्छ ।
न त थाके तिम्लाई हेरी न त तिम्रो बोली सुनि,
हो कि मेरो नजर दोषी या त हो कि चाह खुनी ।।२।।

यात्रागर्नु कठिन हुन्छ सानो मुटू हुनेसँग,
त्यस्ता मुटू फेर्ने गर्छन् बेला बेला रंग ।
पाइलै पिच्छे शंकाहरु रोप्दै हिँड्ने गर्छन,
जिन्दगीलाई बुझ्ने हेर्ने हुन्न उस्को ढंग ।।३।।

0 comments

Post a Comment