छन्द र यसको संरचनाका बारे सुत्रात्मक जानकारी

छन्दमा वर्णहरूलाई ह्रस्व (l) र दीर्घ (S) गरी दुई वर्गमा विभाजन गरिएको हुन्छ । (l) लाई लघु भनिछ भने (S) लाई गुरु भनिछ ।
जस्तै -
क. ह्रस्व वर्णहरु - अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरू
ख. दीर्घ वर्णहरू - आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ कम् क: आदि
ग. संयुक्त व्यन्जन प्रयोग भएका शब्दहरू उच्चारण गर्दा यदि अघिल्ला वर्णले पछिल्ला आधा व्यन्जनलाई तान्यो भने त्यो अघोल्लो वर्ण ह्रस्व भए पनि दीर्घ नै हुन्छ !
जस्तै -
शब्द उच्चारण दीर्घ वर्ण
अम्बा अम् +बा अ
दिन्छ दिन् +छ कि
लुप्त लुप् + त लु

घ. संयुक्त व्यन्जनको प्रयोग भएका शब्दमा पनि उच्चारण गर्दा यदि अघिल्लो वर्णले पछिलो आधा व्यन्जनलाई तान्न सकेन भने चाहिं त्यो वर्ण दीर्घ नभएर ह्रस्व नै हुन्छ ।
जस्तै-
शब्द उच्चारण ह्रस्व हुने
गन्यो ग + न्यो ग
बल्यो ब + ल्यो ब
उज्यालो उ + ज्यालो उ
ङ. "अन्याय" जस्ता शब्दको उच्चारणमा न थप भएका कारण दीर्घ नै मानिन्छन
घ. पाउका अन्त्यमा ह्रस्व दीर्घ जे भए पनि हुन्छ । जस्तै - अनि उही

छन्दमा आठवटा गणहरू हुन्छन ! तिनै गणका आधारमा सम्पूर्ण छन्दको निर्माण हुने गर्दछ, छन्दका बारेमा पिंगलले रचना गरेको सजिलो सूत्र छ । त्यो हो - यमाताराजभानसलगा
अर्थात् -
सूत्र संकेत गण उदाहरण
१. यमाता lSS या जमाना
२. मातारा SSS म नेपाली
३. ताराज SSl त आकाश
४. राजभा SlS र भावना
५. जभान lSl ज हजार
६. भानस Sll भ आँगन
७. नसल lll न कमल
८. सलागा llS स छहरा
९. ल l (लघु) - म
१०. गा S (गुरु) - यो

अब यिनै सूत्र वा नियम भित्र तल मैले (हामीले ) निर्माण गरेका छन्दहरू पनि पर्छन ! दिइएका सूत्रहरू हेरी अब यहाँ आफैले पनि चाहेको छन्दमा आफ्ना कविता वा गजलहरू कोर्न सक्नु हुन्छ ।
जस्तै -
जाऔं न प्यारी कुनु पर्छ त्याँ,
ऐंसेलु पाक्या हुनु पर्छ त्याँ !

छन्द - ऐंसेलु
SSl SSl lSl S
त त ज गु.
(५ अक्षरमा विश्राम )
तड्पेर बस्नू पर्दा मर्दै छु जिम्दै यहाँ,
डोली नल्याए तिम्ले चीता सजाए पुग्छ !

छन्द - आस्फोटनी
SSl SSS SSS lSS S S
त म म य गु.गु.
(७ अक्षरमा विश्राम)
मधु बगानको बयान के गरौँ,
मिलन स्थानको बयान के गरौँ !

छन्द - तुबरिका
lll SlS lSl SlS
न र ज र
(६ अक्षरमा विश्राम)
कोही थिए जो नव 'राज' खुल्दा बेहोश भै गएछन्,
कोही थिए जो सब राम बन्दै आयो हराम भन्थे !

छन्द - विहङ्गिका
SSl SSl lSl SSS SlS lSS
त त ज म र य
(५ र ११ अक्षरमा विश्राम)
के छैन आफ्नु यहाँ ? संसार आफ्नु लाग्छ,
आफ्नो भएर मात्रै मायाँ हुँदैन साथी !

छन्द - पीयूष
SSl SlS SSS lSl SS
त र म ज गु.गु.
(७ अक्षरमा विश्राम)
कुकुर थ्यो, किन आयौ ? भुक्छ भन्ने जानेपछि,
घरमुली रजनीमा फुक्छ भन्ने जानेपछि !

छन्द - अरुणिमा
lll Sll SSS lSS SSl S
न भ म य त गु.
(४-४ अक्षरमा विश्राम)
आफूले ता माया पिर्ती लाउनै पो जानिएन,
पाएको भा लाम्थें होला पाउनै पो जानिएन !

छन्द - पिण्डीका
SSS SSS SSS lSS SlS S
म म म य र गु.
(४ - ४ अक्षरमा विश्राम )
हाम्ले रात फाल्दा जो जो उदाए,
तिन्ले आज भेटे भोली भएँ म !

छन्द - हेमपुष्पिका
SSS lSS SSl SS
म य त गु.गु.
(६ अक्षरमा विश्राम, ३ अक्षरमा अर्धविश्राम )
यसोरी नभन्नू दुख्छ याँ,
कटारी धसे झैं हुन्छ याँ !

छन्द - हिमानी
lSS lSS SlS
य य र
(६ अक्षरमा विश्राम, ३अक्षरमा अर्धविश्राम)
ध्यौता भाकी शीर राखें, गै'छ पवनसँगै त्यो,
उड्ने चैते पात हुन् यी बाल मतलव छैन !

छन्द- जातापत्या
SSS SSl SSS lll llS S
म त म न स गु.
(४ र ८ मा विश्राम )
दिल छ एक दिम्ला बस्नुस् न बस्नुस्,
प्रित म नेक दिम्ला बस्नुस् न बस्नुस् !

छन्द - मखमली
lll SlS SSS lSS
न र म य
(७ अक्षरमा विश्राम,४ र ८ मा अर्धविश्राम)
किन भएँ नि राम्री ?
नियतिकी म थोती !

छन्द - सुचरित्रा
lll SlS S
न र गु.
(४ अक्षरमा अर्ध विश्राम )
कहाँ 'राज' खुल्थ्यो तखालूसको,
लगाइन् गजलले सलवार त्यो !

छन्द - रचना
lSS lSS llS lS
य य स ल.गु.
(६ अक्षरमा विश्राम,३ मा अर्धविश्राम )
राम्री बनेर हिड्छौ बसौली पसलमा,
काँचो कबाब बिक्ने जमाना छ ऐले !

छन्द - वातूल
SSl SlS SlS SlS S
त र र र गु
( ७ अक्षरमा विश्राम )
बगैंचामा वसन्त थ्यो, कुरा काटे मयूरले,
लजायो लाज 'राज'को हटाए हात सुस्तरी !

छन्द - कुस्तुम्बरी
lSS SlS lSl SSS lSl S
य र ज म ज गु
( ८ अक्षरमा विश्राम, ४ र १२ मा अर्ध विश्राम )
राम्रो के हो र हुन्छ कस्तो ? कुन रङको छ त्यो म कसरी व्याख्यान त्यस्को गरूँ,
लोलाईमै त्रिलोक जम्मै सयर गराउने नजर थ्यो, त्यस्मा थियो के नशा !

छन्द - मेघनादानुलासिन्
SSS SlS lSS lll lSl Sll lSS SlS SlS
(८ र २० अक्षरमा विश्राम)
पारी छ तिन्को माया वारी परेको छ छायाँ,
बीचमा असारे खोला, गढ़तीरमै अल्झिएँ म !

छन्द - हिमावती
SSl SSS SSS lSS lSS
त म म य य
(७ अक्षरमा विश्राम)
म त राजको नि 'राज' हुँ,
म हजूर भा नि भन्दिन !

छन्द - अभया
llS lSl SiS
स ज र
( ५ मा विश्राम )
म त राजको नि 'राज' हुँ,
म हजूर भा नि भन्दिन !

छन्द - अभया
llS lSl SiS
स ज र
( ५ मा विश्राम )
जस्ले लास बोक्छु भन्थ्यो, उस्कै लास याँ छ
आफ्नै लास बोक्छ मान्छे, जप्दै राम राम !

छन्द - आमिक्षा
SSS lSl SSS SSl S S
म ज म त गु गु

( ८ अक्षरमा विश्राम )
यौटा 'राज' छोड्ने त्यो सर्पै थिएँ कि,
मेरै काँचुलीमा मेरै दाह भेटें !

छन्द - चन्द्रभागा
SSS lSS SSS lSS
म य म य
(६ अक्षरमा विश्राम )
आफ्नो देश भन्दै पुग्थ्यो किन कोही ?
झ्याम्मै 'राज' धा'थ्यो रुप्से छहरामा !

छन्द - मत्तकासिनी
SSS lSS SSl lSS
म य त स
( ६ अक्षरमा विश्राम )
नयनले शीत देख्यो चमक अर्थियो,
पयरले टिप्न खोज्यो झमक अर्थियो !

छन्द- झमक
lll SSl SSl llS lS
(८ अक्षरमा विश्राम, ४ अक्षरमा अर्ध विश्राम
शिलाको जवानी काँचै हरायो,
जवानी थुनेको साँचै हरायो !

छन्द - विपन्ची
lSS lSS SSl SS
य य त गु.गु.
(६ मा विश्राम, ३ र ८ मा अर्ध विश्राम )
नउठाइ लौरी कुनै बाघ टेर्ला ?
सजिलै नभाग्ने भयो राजनीति !

छन्द - भुजंगान
llS lSS lSS lSS
स य य य
(६ अक्षरमा विश्राम,३ र ९ मा अर्ध विश्राम )
नियतीको मारमा छु,
म दुखेको प्यारमा छु !

छन्द -तिलपर्णी
llS SSl SS
(४ अक्षरमा विश्राम )
खोजेको थें सानो आभास मेरै आकृतीमा,

भेटें मैले मेरो आकाश मेरै आकृतीमा !

छन्द - काल्चीमिस्री
SSS SSS SSS SSl SS
म म म त गु.गु.
(४-४ अक्षरमा विश्राम)
वसन्त मास थ्यो,
हुरी बतास थ्यो !

छन्द - सवर्तिका
lSl SlS
(२ अक्षरमा विश्राम )
उनी थिन् त्याँ,
बित्यो छिन् त्याँ !

छन्द - अवाक्पुष्पी
lSS S
(२ अक्षरमा विश्राम )
दिलमा झिलिक्क त्यो उनको पुकार थ्यो,
बिजुली थिएन त्याँ ! हँसिलो मुहार थ्यो !

छन्द - अभिसारिका
llS lSl Sll SlS lS
(७ अक्षरमा विश्राम)
हुन्छ भने पास हौ छुन्छु बरीलै,
हुन्न भने दूर हौ रुन्छु बरीलै !

छन्द - मुचुङ्गा
Sll SSl SSl lSS
भ त त य
(७ अक्षरमा विश्राम)

छन्द - जवाकस्तूरी
lSS SSl SSS S
(५ अक्षरमा विश्राम )
सलाई आफैं बनाएँ मैले,
मलाई आफैं जलाएँ मैले !

छन्द - मधुरसा
lll Sll lSl lSl S
न भ ज ज गु
(४-४ अक्षरमा विश्राम)
नयनमा नजर थ्यो अरु के भनौं,
अधरमा असर थ्यो अरु के भनौं !

छन्द - सीमन्तिनी
SSl SSS SlS S
त म र गु
(५ अक्षरमा विश्राम)
आमा पकाए बोक्सी बनाई,
बाँटेर खाए बोक्सी बनाई !

छन्द - जानकी
SlS lSS SlS lSS
( ३ र ९ मा अर्ध विश्राम र ६ मा विश्राम )
राजको जवानी राजमा नि राख्ने,
राजले छकाई लाटलूट पारे !

छन्द - शमाश्री
lll lll SSl lSS lSS
( ८ अक्षरमा विश्राम )
नयन छिन पखालें दिल टाँसेर फोटो,
अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो !

छन्द - यार्सागुम्बा
SSS SlS lSS SSS lSl S
(८ अक्षरमा विश्राम )
बाजी यस्तो कमाल थ्यो, यार्सागुम्बा थियो जहाँ,
जित्ने कस्ले सवाल थ्यो, यार्सागुम्बा थियो जहाँ !

छन्द - विन्देश्वरी
lSS SSS SSl SSS SSS S
( आठ अक्षरमा विश्राम)
उनी देख्दा दोबाटोमै ढलेको थें झन्डैझन्डै,
बिहोशीमै माया गर्छु भनेको थें झन्डैझन्डै !

छन्द - राज
llS lSS llS lSS
(६ अक्षरमा विश्राम)
अभिशाप जस्तो सपना छ यौटै,
बरबाद भा'को घटना छ यौटै !

प्रस्तुत कर्ता
-गजलकार पोष्टराज चापागाई
श्रोत : नेपाली गजल

0 comments

Post a Comment