तीन मुक्तक
उदास उदास देखे उनलाई,
किन ग्रहण लाग्यो जूनलाई ।
निर्मोहीले बिर्सियो कि खै,
धर्तीमा चाँदनीको गुणलाई ।।१।।
जुन यात्रामा खुशी छैन त्यस्तो यात्रा किन गर्छौ,
स्वर्णिम बस्ति लत्याएर किन अन्तै डेरा सर्छौ ।
बेलैमा चिन जिन्दगीलाई मौका आउँछ पर्खदैन,
उमंग कुल्चिएर सन्तापको भुमरीमा किन पर्छौ ।।२।।
सोचे जस्तै जिन्दगी त कस्को हुन्छ साथी,
लोभ ब्यूँझाई झेल नगरेस् भर्दा मानापाथी ।
साहसी भै जो जो यहाँ सत्मार्गमा हिड्छन्,
इतिहासमा स्थान मिल्छ सबै भन्दा माथी ।।३।।

0 comments