गजल


म त हुन्छु चारै आना तिमी सोह्र आना हुनु,
पुग्छ यता मुठी खुशी त्यता खुशी माना हुनु ।

यहाँ कयौ बस्तिहरु भोका पेटमा निदाउँछन्,
दीनःदुखीका भोक हर्ने मीठो अन्न दाना हुनु ।

तारा गन्दै रात बोक्ने मान्छे भेटे कति कति,
निमुखाका आकाश ढाक्ने सधैभरि छाना हुनु ।



आधुनिक बन्ने होडमा मेरो शहर नाङ्गो भयो,
नाङ्गो शरिर ढाक्न अब लामोलामो नाना हुनु ।

दयामाया छर्यौ भने इतिहासले तिमी बोल्छ,
ममताको शिक्षा दिने तिमी सुन्दर पाना हुनु ।।

०१ जनवरी २०१२
दोहा, कतार ।

0 comments

Post a Comment