तीन तान्काहरु
तिम्रो घमण्ड
समयको छालमा
किनारा लाग्दा
भक्कानिदै दुख्ने छ
मलाई छल्ने मुटू ।।१।।
मान्छे हुनुमा
घमण्ड गर्छौ भने
ऐ मान्छेहरु
झुटा सपना यहाँ
कसैलाई नबाँड ।।२।।
मृगतृष्णा भो
तिम्रो मेरो सम्वन्ध
त्यसैले होला
तिमीलाई सम्झँदा
आँसु भेलमा डुब्छु ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments