तीन मुक्तक
उदास देखे जूनको मुहार कालो बादल घुम्दै घुम्दै दुःख दियो कि ?
निष्पाप मनमा बचनवाण हान्दै खुशीहरु उनीबाट लुटि लियो कि ?
जब जब जूनको मुहार मलिन देख्छु अनि म सोच्न बाध्य हुन्छु,
विधीको विधान भन्दै बादलसँग रम्न खोज्नु उनको भूल थियो कि ? १।।
आकृतिनै फरक देख्छ मनको डेरा सरेपछि,
यायावर हुन्छ मान्छे लोभ बोकि चरेपछि ।
जवानीको भूल नाप्दै पछुताउछ मर्ने बेला,
पछुताई के पो हुन्छ बुढेयौलीमा झरेपछि ।।२।।
हाँस्नु पर्छ हाम्ले हाँसो लुटे पनि,
बाँच्नु पर्छ प्यारो साथ छुटे पनि ।
कलियुगमा पनि सत्य जित्छ है,
कर्मगर्नु सधै नियतीले चुटे पनि ।।३।।

0 comments