तीन तान्काहरु

खै के जादु छ,
तिम्रो त्यो मुहारमा
दर्शन् पाउँदा
सारा पीडा बिर्सन्छु
कर्म गर्न जोसिन्छु ।।१।।

तिम्रो हाँसोले
रेगिस्तानी भूमीमा
बसन्त नाच्छ
त्यसैले त म सधै
पर्दा नझार भन्छु ।।२।।

कहिले काँही
मनलाई आफैले
छल्न सक्दा पो
कुनै पनि मोडमा
रोकिन्न यी पाईला ।।३।।

0 comments

Post a Comment