गजल

पिरतीमा म त सधै हारेको मान्छे,
माया गर्नेलेनै पानी बारेको मान्छे ।

सक्दिन भो यहाँ नयाँ सपना देख्न,
ओठैभरि निरासमात्रै नारेको मान्छे ।

चाहिँदैन खुशी पनि हाँसेरनै बाँच्न,
उमंगको बस्तिबाटै झारेको मान्छे ।

केही छैन लिनु दिनु धर्तीमा बाँकी,
लेनादेना सबै माया मारेको मान्छे ।।

१८ मार्च २०१२
दोहा, कतार ।

0 comments

Post a Comment