गजल

फूलको जिवन हालिदेउ है मेरै झोलीमा,
तोला बचन नफालिदेउँ बिम्ती खोलीमा ।

लामा लामा केश राशी रुप उस्तै सुन्दर,
परि जस्तै लाग्यो तिम्लाई गुन्यू चोलीमा ।

जति सुन्यो सुनौ लाग्छ तिम्रै मात्र बोली,
मोहनी पो छ कि क्या हो तिम्रो बोलीमा ।

यहि सालको मंसिरैमा राम्रो साईत हेरी,
कुटुम्वलाई पठाउ क्यारे सगुन सोलीमा ।।

१३ जनवरी २०१२
दोहा, कतार ।

0 comments

Post a Comment