तीन मुक्तक

तिमी जस्तो दुख्नेहरु संसारमा कति कति,
चोटहरुले पानी बार्छ रमाउँछौ जति जति ।
राम्रै हुन भयो भन्दै मनलाई थाम्न सक्दा,
हुन्न यहाँ कहिल्यै पनि चारआनाको खति ।।१।।

ज्यान गए’नि बचन खेर जानु हुन्न साथी,
जिन्दगीमा हरेश कहिल्यै खानु हुन्न साथी ।
मर्दा लाने के पो छ र ? लोभ बोकी चर्नु,
ढाकर भरि पापको भारी लानु हुन्न साथी ।।२।।

तिम्रै कारण जिन्दगीलाई बुझ्न थाले मैले,
तिम्रो खोजी गर्ने मनलाई टम्मै टाले मैले ।
तिम्लाई सम्झि एकान्तमा रुँदिन भो अब,
जन्मनुको मूल्य तिर्न खुशीलाई पाले मैले ।।३।।

0 comments

Post a Comment