तीन तान्काहरु
चन्चले मन
कजाउ म कसरी
भाग्न पो खोज्छ
भोगाई भन्दा पर
त्यसैले त बौलिन्छु ।।१।।
अंकुसे भेटे
तिमीलाई तान्थे म
जिन्दगीभरि
दिलमा कैद गरि
पहरा दिनलाई ।।२।।
निष्ठुरी पनि
बलवान पनि छ
समय सीमा
माया गरे मात्तिन्छ
पछार्न खोजे भाग्छ ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments