गजल

गोधुलीमा भेट्न आउनु तिम्रो पीडा सुनी दिउँला,
पुरानो याद पाखा लगाई नयाँ आशा बुनी दिउँला ।

एउटै बाटो यात्रा थालौ दो–मन गर्दै किन बस्छौ,
शिखर सम्म जान मिल्ने सहि मार्ग चुनी दिउँला ।

तिम्रै दिलको माली बन्न हरघडीमा हाजिर हुन्छु,
स्वर्णिम संसार बनाउन घरमै खुशी थुनी दिउँला ।

मलाई विश्वास गर्छौ भने दिगो माया दिन्छु सधै,
सुम्निमाको कसम प्रिय तिम्रै लागि जूनी दिउँला ।।

२९ मंसिर २०६८
काठमाडौ ।

0 comments

Post a Comment