तीन मुक्तक

मेरो मनको मझेरीमा तिम्रै राज चल्छ,
तिमी छेउमा भयौ भने खुशीहरु फल्छ ।
त्यसैले त तिम्लाई मैले धेरै माया गर्छु,
तिमी पराई बन्यौ भने जिन्दगीनै ढल्छ ।।१।।

ओहोदाको दुरुप्रयोग गर्छन् यहाँ मान्छे,
चाप्लुसीले भुँडीलाई भर्छन् यहाँ मान्छे ।
पापको खेतीगर्दा सोच्छ म सधै बाँच्छु,
अजम्वरी किन हुन्थे मर्छन् यहाँ मान्छे ।।२।।

रीस राग बैरी हाम्रो नाता तोड्नु पर्छ,
सत्मार्गमै जिन्दगीको यात्रा मोड्नु पर्छ ।
पाप बोकि चर्नु हुन्न हाम्ले यो धर्तीमा,
फूलको आँखा हेरेर जीवन गोड्नु पर्छ ।।३।।

0 comments

Post a Comment