कसरी म

उदास मेरो ओठभरि कसरी म मुस्कान भरु,
गाँठो परि छाती पोल्दा कसरी म स्वास फेरुँ ।

आकाशछुने आशागरि छाती दुखे कति कति,
साउने झरी दर्के पनि सुके मेरा खुशी जति ।
खुशी फूल्ने बस्ति अब कसरी म चयन गरुँ,
गाँठो परि छाती पोल्दा कसरी म स्वास फेरुँ ।

कस्तो जूनी पाएँ मैले सधै यादमा जल्नु पर्ने,
बिना चोटको दुखाईमा बेहोसी भै ढल्नु पर्ने ।
छट्पटिमा बितेका पल कसरी म बयान गरुँ
गाँठो परि छाती पोल्दा कसरी म स्वास फेरुँ ।।

०८ जनवरी २०१२
दोहा, कतार ।

0 comments

Post a Comment