गजल

चोटै बिना जल्नु पर्छ पिरतीमा,
यौवन छदै ढल्नु पर्छ पिरतीमा ।

आकाशछुने मनमा रहर भएपनि,
बिच बाटोमै गल्नु पर्छ पिरतीमा ।

चोखोमाया डाहा बन्छ समाजमा,
बागी आँखा छल्नु पर्छ पिरतीमा ।

सधै बाँच्ने दिगो माया गर्नेले त,
बिचार गर्दै चल्नु पर्छ पिरतीमा ।।

०७ नोभेम्बर २०११
काठमाडौ ।

0 comments

Post a Comment