गजल

विश्वासमै बाँच्छ माया ठहर पिरतीको,
दुईटा मुटू एउटा पार्ने रहर पिरतीको ।

जोडेपछि नटुटाउनु भन्छ नाता मनले,
खुशी लुटि पिलाउछ रे जहर पिरतीको ।


स्वार्थीबस्ति मात्र भेटे मैले जिन्दगीमा,
कहाँ होला मायाफुल्ने शहर पिरतीको ।

खहरे भै बग्नु हुन्न प्रेमिल मनले यहाँ,
खोजिमाछु मन्द बग्ने नहर पिरतीको ।।

१० नोभेम्बर २०११
काठमाडौ ।

0 comments

Post a Comment